खेलकुदबिहीबार, मंसिर २७, २०७०

बिमललाई उमेर बाधक बन्यो

हिमालखबर

नेदरल्याण्डस्को एचएससि यु–१९ विरुद्ध ट्वेन्टे क्लबका लागि बिमल(रातो जर्सी)ले चार गोल गरे ।

‘ट्रायल कम ट्रेनिङ’का लागि नेदरल्याण्डस् पुगेका बिमल २७ मंसीरमा काठमाडौं फर्केका छन् । उनलाई ट्वेन्टे फुटबल क्लबमा लिएर गएका बंगलादेशका सहायक प्रशिक्षक रेने कोस्टरका अनुसार १८ वर्ष नपुगेकाले बिमल क्लबमा छनौट भएनन् । कोस्टरले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, “बिमलले ट्वेन्टेका कोचहरुलाई राम्रो प्रभाव पारे । तर उमेर कम भएकाले छनौट भएनन् ।”

कोस्टरका अनुसार छानिएको भए बिमलले दुईदेखि तीन लाख युरो वार्षिक पारिश्रमिक पाउने थिए । क्लबले संभव भएसम्म चाँडै भन्दा चाँडै बिमललाई बोलाउने प्रतिवद्धता जनाएको पनि कोस्टरले बताए ।

स्थानीय एचएससि यु–१९ विरुद्धको खेलमा बिमलले चार गोल गरेका थिए ।

को हुन विमल घर्ती मगर ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...