खेलकुदशुक्रबार, मंसिर २८, २०७०

राष्ट्रिय फुटबल टीमको प्रशिक्षक फेरिदै

हिमालखबर

गत वर्ष प्रशिक्षकमा नियुक्त भएका ज्याकलाई २ पुसमा बिदाई गर्न लागेको एन्फाका विकास निर्देशक संजिव मिश्रले जानकारी दिए । स्टेफेनोस्कीसँगै सहायक प्रशिक्षक रिचार्ड ओर्लोस्कीलाई बिदाई दिन लागिएको हो ।

ज्याक ८ हजार तथा सहायक प्रशिक्षक ओर्लोस्की ४ हजार अमेरिकी डलर मासिक तलबमा अनुबन्धित भएका थिए । दुबैको तलबको ५० प्रतिशत एक अमेरिकी संस्थाले व्यवहोर्ने सम्झौता थियो । तर उ्रक्त संस्थाले तलब पठाउन इन्कार गरेपछि एन्फाले उनीहरूको करार अवधि नथपेको हो ।

ज्याक र ओर्लोस्कीको कार्यकालमा भारतलाई पराजित गरेर नेपाल साफ च्याम्पियनसीपको सेमीफाइनलमा पुगेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...