Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ब्वाईज युनियन फाइनलमा, आर्मी पराजित - Himalkhabar.com

खेलकुदशनिबार, मंसिर २९, २०७०

ब्वाईज युनियन फाइनलमा, आर्मी पराजित

हिमालखबर

काठमाडौंमा जारी एनसेल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल आर्मीलाई ब्वाईज युनियन क्लबले हराएको छ । २९ मंसीरमा दशरथ रंगशालामा भएको खेलमा आर्मीलाई हराउँदै ब्वाईज युनियनले फाइनल यात्रा तय गर्‍यो ।

ब्वाईज युनियनले सडेन डेथमा आर्मीलाई हराएको हो । यो जीतसँगै ब्वाईज युनियनले आर्मीसँग ६ महिनाअघिको हारको बदला पनि लिएको छ । ६ महिनाअघि भएको ब्रिटिस गोर्खा कपको सेमिफाइनलमा ब्वाईज युनियन आर्मीसँग ३–० ले हारेको थियो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको अतिरिक्त समयमा पनि दुवै टीमले बराबर गोल गरेपछि खेलको निर्णय टाईब्रेकरबाट भएको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

आर्मीका लागि खेलको ४९ औं मिनेटमा सन्तोष नेपालीले गोल गरेर टोलीलाई अग्रता दिलाए पनि ब्वाइज युनियनका चन्द्र राईले ८० औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा पुर्‍याए ।

त्यसपछि थपिएको अतिरिक्त समयमा पनि दुवै टोलीले १–१ गोल थपे र खेलको नतिजा टाईब्रेकरबाट निकालिएको हो । अतिरिक्त समयको ११ औं मिनेटमा ब्वाईज युनियनका विनोद लामाले गोल गरेपनि त्यसको १ मिनेट भित्रै आर्मीका नवयुग श्रेष्ठले बराबरी गोल फर्काएका थिए ।

अर्को सेमिफाईनलमा ३० मंसीरमा मनाङ मर्स्याङ्दी र संकटा क्लब भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>