खेलकुदसोमबार, साउन ८, २०६९

एपीएफ र नेपाल प्रहरी सेमीफाइनलमा

हिमालखबर


एक दर्जन गोलको वर्षा गरेका झापाका लागि १२ औं मिनेटमा गोलको खाता खोलेकी अनु लामा र जमुना गुरुङको नाममा चार-चार गोल रह्यो । प्रमिला राई र लक्ष्मी पौडेलले दुई-दुईको गोलको योगदान गरे । एपीएफले १० साउनमा कैलालीको सामना गर्नेछ ।

नेपाल प्रहरी क्लबका लागि चन्द्रा भण्डारीले चार गोल गरिन् । उनले खेलको १९, ३८, ५३ र ७७ औं मिनेटमा गोल गरेकी थिइन् । विजयी टीमका लागि निरु थापाले ६१ औं मिनेटमा गोल गरिन् । बाराले भने गोलको खाता खोल्न सकेन । प्रहरी क्लबले ९ साउनमा हुने नेपाल आर्मी र बाँकेबीचको विजेताको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...