खेलकुदआइतबार, मंसिर ३०, २०७०

मनाङ एनसेल कपको फाइनलमा, संकटा पराजित

हिमालखबर

मनाङ मर्स्याङ्दी एनसेल कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा संकटा क्लबलाई एक-शुन्य गोलले हराउँदै मनाङले फाइनल यात्रा तय गरेको हो ।

फाइनलमा अब उसले ब्वाईज युनियनको सामना गर्नेछ ।

मनाङको जीतमा योना इलियास नायक बने । उनले ५९ औं मिनेटमा गरेको गोलले मनाङको जीत पक्का गर्‍यो  ।

मनाङ र ब्वाईज युनियनबीचको फाइनल खेल २ पुसमा दशरथ रंगशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...