रमझमआइतबार, मंसिर ३०, २०७०
किम्फमा जे देखियो (फोटोफिचर)
राजधानीमा २६ मंसीरदेखि शुरु भएको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) २०१३ सकिएको छ । ३० मंसीरमा सकिएको किम्फमा २० देशका ४७ फिल्म (डकुमेन्ट्री, सर्ट फिल्म, फिक्सन, एनिमेसन र प्रयोगात्मक) प्रदर्शन भए ।
किम्फमा मेक्सिकन फिल्म ‘नो प्लेस इज फार अवे’ले पहिलो हुँदै १५ सय अमेरिकन डलर हात पार्यो । दोस्रो हुने स्वीट्जरल्यान्डको ‘ब्रेथिङ द स्मेल अफ द स्काई’ले हजार डलर र नेपालको हिमाली भागमा हेलिकोप्टरद्वारा गरिने उद्धारको विषयमा बनेको ‘हेलिकोप्टर रेस्क्यूअर इन द हिमालय’ले तेस्रो हुँदै पाँच सय अमेरिकी डलर पुरस्कार पायो ।
राजधानीमा पाँच दिनसम्म चलेको किम्फमा देखिएका केही झलकहरुः
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
