अर्थ/बजारमंगलबार, पौष २, २०७०

कारोबार रोक्का गरिएको पेट्रोल पम्पबाट धमाधम तेल बिक्री

senchhelung

१ पुसमा नयाँबानेश्वरस्थित थ्री ब्रदर्श आयल स्टोर्सबाट पेट्रोल बिक्री गरिदै । तस्वीरः विक्रम राई/हिमालखबर

कारोबार नगर्न शिलबन्दी गरिएको पेट्रोल पम्पले सरकारी निकायको आदेश अवज्ञा गर्दै पेट्रोलियम पदार्थ बिक्री गरिरहेको फेला परेको छ । सरकारी निकायको आदेश अवज्ञा गर्ने पेट्रोल पम्प नयाँवानेश्वरस्थित थ्री ब्रदर्श आयल स्टोर्स हो । उक्त पेट्रोल पम्पले १ पुसमा दिनभरी डिजेल तथा पेट्रोल बिक्री गर्यो । तर, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रतिनिधि सहितको टोलीले अनुगमनको क्रममा कैफियत भेटेपछि गुणस्तर तथा नापतौल विभागले ३० मंसीरमा उक्त पेट्रोल पम्पमा शिलबन्दी गरेको थियो । (हे. प्रेस विज्ञिप्ति)

नाप भन्दा कम मात्रै तेल बिक्री गरिरहेको फेला परेपछि ३० मंसीरमा अनुगमन टोलीले थ्री ब्रदर्श आयल स्टोर्ससँगै घण्टाघरको चुनिलाल हरिनारायण आयल स्टोर्स, चावहिलको न्यू पुष्पाञ्जली ट्रेडर्स र भक्तपुर, कौशलटारको अरनिको पेट्रोल सेन्टरमा शिलबन्दी गरेको थियो ।

गुणस्तर तथा नापतौल विभागका अनुसार थ्री ब्रदर्श आयल स्टोर्सले २५ लिटरको नापमा एक लिटर कम तेल बिक्री गर्ने गरेको छ ।

थप कारवाही गर्छौं: विभाग

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साहले उक्त पेट्रोल पम्पले सरकारी आदेशको अवज्ञा गरेकाले थप कारवाही अघि बढाइने हिमालखबरसँग बताए । “सरकारी आदेशकै अवज्ञा गर्नेलाई अब जस्तोसुकै कारवाही पनि हुनसक्छ,” उनले भने, “उक्त पम्पलाई थप कारवाही के गर्ने भनेर तत्कालै वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका छलफल गर्ने छौं । ”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>