खेलकुदसोमबार, पौष १, २०७०

क्रिकेट खेलाडीले १०–१० लाख पाए

हिमालखबर

सरकारले टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट हुन सफल नेपाली राष्ट्रिय टीम सदस्यलाई नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा १ पुसमा औपचारिक कार्यक्रम गरेर सरकारले क्रिकेट राष्ट्रिय टीमका सदस्य, मुख्य प्रशिक्षक र सहायकलाई सम्मान गरेको हो ।

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले यूएईमा भएको टी–ट्वान्टी विश्वकप छनौटमा सहभागी १५ जना खेलाडीलाई जनही १० लाख रुपैंया, मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई ५ लाख र सहायक चार जनालाई जनही तीन लाख ५० हजार रुपैंया प्रदान गरे ।

यूएईमा भएको छनौट प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । कार्यक्रममा अध्यक्ष रेग्मीले क्रिकेट टीमलाई थप जिम्मेवारी र चुनौती थपिएको बताए ।

१० लाख पाउने खेलाडीः
पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, अनिलकुमार मण्डल, महेश खकुरेल, प्रदीप ऐरी, सागर पुन मगर, शरद भेषवाकर, वसन्त रेग्मी, अमृत भट्टराई, राहुल विक, अविनाश कर्ण, शक्ति गौचन र जितेन्द्र मुखिया ।

५ लाख पाउने मुख्य प्रशिक्षकः
पुवुदु दासानायके ।

३ लाख ५० हजार पाउनेहरुः
पूर्णबहादुर लामा (व्यवस्थापक), हिरास्वामी सुब्रवन्यम (फिजियोथेरापिस्ट) र अन्य प्राविधिक सहायक ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...