Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मिस एएनए २०१२ सुष्मा भन्छिन्: अब समाजसेवामा लाग्छु - Himalkhabar.com

रमझममंगलबार, साउन ९, २०६९

मिस एएनए २०१२ सुष्मा भन्छिन्: अब समाजसेवामा लाग्छु

Rishiram Kattel

मिस एएनएको ताज पहिरिंदा कस्तो अनुभूति भयो ?

धेरै खुशी भएँ, किनभने यो ताज पाउँछु जस्तो लागेको थिएन । प्रवासमा रहेर यस्तो उपाधि जित्नुलाई ठुलै उपलब्धि ठानेकी छु । अमेरिकामा नेपालीहरूको संगठनले गर्ने निकै प्रतिष्ठित प्रतियोगितामा पर्छ यो ।

यस्ता प्रतियोगितामा तपाईंको रुचि पहिलेदेखि नै थियो ?
नेपालमा रहँदा यस्ता प्रतियोगिताप्रति मलाई त्यस्तो खासै चासो हुँदैनथ्यो । यहीं भएकी भए भाग पनि लिने थिइन होला । तर अध्ययनको सिलासिलामा अमेरिका पुगेपछि मेरो त्यहाँको जीवनशैली बदलियो । पढाई र काम बाहेक अरु केही भएन । त्यहाँ मेरो सामाजिक जीवन थिएन । म एकदम एक्लिँदै गए जस्तो लाग्यो । फेरि जीवनमा नाम हुने केही काम गर्नुपर्छ भन्ने सोचाइ पनि थियो । त्यसैले त्यसमा भाग लिन पुगें ।

अमेरिकामै यसअघि यस्ता कार्यक्रममा भाग लिनु भएन ?
अमेरिका पुगेको साढेदुई वर्षपछि ‘मिस नेपाल युएसए २०११’ मा भाग लिएकी र उत्कृष्ट ११ भित्र परेकी थिएँ ।

मिस एएनए भएपछि जीवनमा के परिवर्तन आयो त ?
हिजो म गुमनाम थिएँ, आज यो प्रतियोगिताले धेरैमाझ चिनाएके छ । तर म आफैं हिजो जस्ती थिएँ उस्तै छु भन्ने महशुस गर्छु । उपाधि जितेर होइन, काम गरेर ठुलो बन्न सकिन्छ । यति हो, उपाधीले पहिचान बनाउन सघाउँछ ।

सुन्दरी प्रतियोगिता जित्नेहरू फिल्म क्षेत्रतिर आउँछन्, तपाईंको के विचार छ ?
मलाई फिल्म क्षेत्रमा खास रुचि छैन; तर म्युजिक भिडीयो, विज्ञापनमा काम गर्न भने मन छ । ‘मिस नेपाल युएसए २०११’ मा भाग लिएपछि एउटा म्युजिक भिडियोमा काम गरेकी पनि थिएँ ।

तपाईको जीवनको उद्देश्य चाहिं के हो ?
समाजसेवा । मलाई समाजसेवाको क्षेत्रबाट केही गर्ने मन छ । म अहिले पनि अमेरिकामा नेपाली नेपडल्लास नामक संस्थामार्फत् समाजसेवामा सक्रिय छु । मिस एएनए हुनुअघि मेरो कुरा कमले सुन्थे भने अहिले धेरैले सुन्छन् । त्यसैले अब यस क्षेत्रमा काम गर्न धेरै अनुकुल हुन्छ जस्तो लागेको छ । मैले अमेरिकाको वाटर फ्रम हेभेन नामक संस्थाबाट मेरो गाउँ लेटाङका विद्यार्थीका लागि एउटा काम शुरू गरिसकेकी पनि छु ।

अमेरिका गएकाहरूमध्ये धेरै उतै पलायन हुन्छन्, तपाईं के गर्नुहुन्छ ?
म अरु अध्ययनका लागि केही वर्ष अमेरिकामै बस्छु । त्यसपछि हेरौं के हुन्छ ।

तस्बीरहरु:ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>