खेलकुदमंगलबार, पौष २, २०७०

एनसेल कपको उपाधि मनाङलाई

हिमालखबर

मनाङ मर्स्याङ्दी क्लबले एनसेल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २ पुसमा भएको फाइनलमा ब्वाइज युनियन क्लबलाई हराउँदै मनाङले उपाधि जितेको हो ।

मनाङले उपाधिसहित १५ लाख रुपैयाँ हात पारेको छ । ब्वाईज युनियनले उपविजेता रहँदै ७ लाखमा चित्त बुझायो । मनाङले एनसेल कपको उपाधि जितेको यो लगातार दोश्रो पटक हो । पोहोर मनाङले रानी पोखरीलाई हराउँदै उपाधि जितेको थियो ।

मनाङको जीतमा सुजल श्रेष्ठ नायक बने । उनले ११७ औं मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा दुवै टीमले गोल गर्न नसकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

मनाङले जारी सिजनमा जितेको यो चौथो उपाधि हो । यसअघि उसले गोर्खा कप, सफल पोखरा कप र भुटानमा भएको किङस कपको उपाधि जितेको थियो

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...