Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जन्ममितिको अन्योल - Himalkhabar.com

टिप्पणीबिहीबार, पौष ४, २०७०

जन्ममितिको अन्योल

वसन्त महर्जन

बुद्ध र बौद्ध धर्ममा चासो राख्नेहरू लामो समयदेखि बुद्धको जन्म भएको सालबारे अन्योलमा छन्। बौद्ध इतिहासका अध्येताहरूले ई.पू. ५६३ लाई आधार मानेर अध्ययन गर्ने गरेका छन् भने श्रीलंकाली बौद्ध परम्परा अनुसार ई.पू. ६२३ को वैशाख पूर्णिमामा बुद्धको जन्म भएको मानिन्छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा प्राप्त पुरातात्विक उत्खनन्को अवशेषले यो मितिलाई पुष्टि गरेको छ। बुद्ध जन्मनुभन्दा ३०० वर्षअघि (तेस्रो शताब्दी) को पुरातात्विक अवशेषबाट बुद्ध सम्बन्धी इतिहासको पुनर्लेखन गर्नुपर्ने सन्देश प्रवाह हुँदा भ्रम सिर्जना भएको थियो।

लुम्बिनीमा पाइएको पुरातात्विक वस्तुबाट छैटौं शताब्दीअघिसम्मको जानकारी प्राप्त भएको छ। केही महीनाअघिको उत्खनन्को प्राविधिक प्रतिवेदन नआइसके पनि उत्खनन्मा सम्बद्ध पुरातत्वविद् कोषप्रसाद आचार्यका अनुसार यस पटक मानवीय गतिविधि भएको हुनसक्ने तहसम्म उत्खनन् भएको छ।

बुद्ध जन्मस्थलमा छैटौं शताब्दीअघिको पुरातात्विक अवशेष पाइनुको अर्थ बुद्धसँग नै सम्बन्धित हुनु होइन। लुम्बिनीमा बौद्ध गतिविधिको विकास ई.पू. ४८३ पछि मात्रै भएको हो। गौतम बुद्धले ई.पू. ५२३ मा बुद्धत्व प्राप्त गरेर प्रवचन दिंदै देश–देशावर गरे पनि त्यतिवेलाको बौद्ध समाजमा लुम्बिनीको खासै अर्थ थिएन। लुम्बिनीमा बौद्ध गतिविधि भएको विवरण पाइँदैन।

८० वर्षे जीवनको अन्त्यतिर बुद्धले आफ्नो जन्मस्थान, बुद्धत्वलाभ गरेको ठाउँ, प्रथम धर्मचक्र प्रवर्तन गरेको स्थान र महापरिनिर्वाण प्राप्त गरेको चार ठाउँ बौद्धहरूका लागि ‘संवेजनीय’ हुने बताएका थिए। यो बुद्धवचनपछि मात्र बौद्धहरूका लागि लुम्बिनी तीर्थस्थल भएको थियो। मौर्य सम्राट अशोकले ई.पू. २४९ तिर बुद्धसँग सम्बन्धित स्थलहरूको भ्रमण लुम्बिनीबाटै शुरू गरेका थिए। त्यतिवेलासम्ममा लुम्बिनी बौद्धहरूको एउटा प्रमुख तीर्थस्थल भइसकेको थियो।

बुद्धको महापरिनिर्वाणपछि मात्रै लुम्बिनी तीर्थस्थलको रूपमा विकास भएको भए हालैको उत्खनन्मा प्राप्त अवशेष के थियो त भन्ने प्रश्न उठ्छ। यस सन्दर्भमा यो लेखकले बुद्ध जन्मनुभन्दा अघि त्यहाँ यक्षको पूजास्थल थियो भन्ने मान्यता राख्दै आएको थियो। पछिल्लो पुरातात्विक सामग्रीले त्यसलाई पुष्टि गरेको मेरो धारणा छ।

लुम्बिनीमा मायादेवी मन्दिरभित्र संग्रह गरी राखिएको भगवान वुद्ध जन्मेको स्थानको पत्थर।

किनभने, लुम्बिनी क्षेत्रमा पाइने सबै पुरातात्विक अवशेष बुद्ध र बौद्ध गतिविधिसँग मात्रै सम्बन्धित हुनुपर्छ भन्ने हुँदैन। बुद्ध जन्मनुअघि त्यो क्षेत्रमा मानवीय गतिविधि भएको पुष्टि भइसकेको छ। बौद्ध साहित्यिक स्रोतहरूमा लुम्बिनीलाई चित्तलता वनको रूपमा चित्रण गरिएको पाइन्छ। बौद्ध साहित्यले यस स्थललाई सुन्दर वन र बोधिसत्व (बुद्धत्व प्राप्तिको पूर्व अवस्था) को जन्मस्थलको रूपमा प्रस्तुत गर्नु स्वाभाविक हो।

यद्यपि, लुम्बिनी सुन्दर वन मात्रै थिएन। गर्भवती मायादेवी माइत देवदह जाँदा बाटोमा पर्ने लुम्बिनी वनमा आराम गर्न बस्दा प्रसव भएको वर्णन केही बौद्ध ग्रन्थमा पाइन्छ। तर, लुम्बिनी कपिलवस्तु र देवदहको बीचमा नपर्ने भौगोलिक अवस्थितिलाई बिर्सनुहुँदैन।

यसको अर्थ, मायादेवीको गन्तव्य लुम्बिनी नै थियो। पाली त्रिपिटक अन्तर्गतका ग्रन्थहरू र संस्कृतको ललितविस्तरमा पनि यस प्रसंगमा देवदह गमनको कुरा पाइँदैन। यसर्थ, मायादेवीले लुम्बिनीलाई किन गन्तव्य बनाइन् त? भन्ने प्रश्न महत्वपूर्ण हुन आउँछ।

त्यसवेलाको समाजमा वैदिक देवदेवी मात्र होइन, लोकविश्वास अनुसार यक्षको पनि पूजा गर्ने प्रचलन थियो। कुलदेवताका रूपमा लिइने यक्षको पूजाले सांसारिक कामना पूर्ति हुने विश्वास तत्कालीन समाजमा थियो। संभवतः शुद्धोदनको पनि यक्ष कुलदेवता थिए। यक्षदेव रूखमा निवास गर्थे।

सिद्धार्थको जन्मको वेला मायादेवीले समाएको भनिएको सालवृक्ष पनि यक्ष निवास थियो। पूजास्थलमा काठबाट निर्मित वास्तुकला पाइनु स्वाभाविक हो। यही पूजास्थलमा प्रयुक्त काठको वास्तु संरचनाको अवशेष उत्खनन्का क्रममा पाइएको धेरै संभव छ, जुन बुद्धभन्दा अघिको हुनुपर्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>