Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल फिफा बरियतामा तल झर्‍यो - Himalkhabar.com

खेलकुदबिहीबार, पौष ४, २०७०

नेपाल फिफा बरियतामा तल झर्‍यो

हिमालखबर

फिफाले ४ पुसमा सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल सात स्थान तल झरेर १७२ औं स्थानमा पुगेको छ । यसअघि नेपाल फिफा बरियतामा १६५ औं स्थानमा थियो । तर, फिफा बरियतामा दक्षिण एशियाका सबै देश तल झरेका छन् ।

दक्षिण एशियाली देशमध्ये सबैभन्दा बढी खस्किएको माल्दिभ्स हो । फिफा बरियतामा १४ स्थान तल झर्दै माल्दिभ्स १६३ औं स्थानमा छ । ११ स्थान तल झरेर १४० औं स्थानमा पुगेको अफगानिस्तान भने दक्षिण एशियाली देशमध्ये शीर्ष स्थानमै छ । १५४ औं स्थानमा रहेको भारत फिफा बरियतामा ६ स्थान तल झरेको हो ।

बरियतामा ८ स्थान तल झरेको बंगलादेश १६४ औं स्थानमा छ । श्रीलंका भने ३ स्थान तल झर्दै बरियतामा १६९ औं स्थानमा पुगेको छ । १७२ औं स्थानमा रहेको पाकिस्तान ५ स्थान तल झरेको छ । भुटान भने २०७ औं स्थानमा छ ।

फिफा बरियताको शीर्ष स्थानमा स्पेन कायमै छ भने दोस्रोमा जर्मनी र तेस्रोमा अर्जेन्टिना छन् । पोर्चुगल पाँचौं, उरुग्वे छैंटौं, इटली सातौं र ब्राजिल दशौं स्थानमा छन् । एसियाली देशहरुमा सबैभन्दा माथि रहेको  इरान ३३ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>