अन्तर्वार्ता/विचारबिहीबार, पौष ४, २०७०
‘छिट्टै नेतृत्व सुम्पन्छु’
अहिले क्यानमा देखिएको विवाद के हो?
क्यानलाई महासंघ बनाउने साधारणसभाको म्याण्डेटलाई दशौं कार्यसमितिका साथीहरुले पूरा गर्न सक्नु भएन। कार्यसमितिलाई एक वर्षभित्र महासंघ दर्ता गर्ने र निर्वाचन गराउने म्यान्डेट थियो। तर, उहाँहरुले १५ मंसीरमा २०औं साधारणसभा बोलाउनुभयो। साधारणसभा शुरु हुनुभन्दा पहिले गणपूरक संख्या पुगेन भन्दै उहाँहरु निस्किएपछि सदस्यहरुले साधारणसभा चलाएर महासंघ दर्ता गर्न र निर्वाचन गराउने म्याण्डेट दिएर मलाई तदर्थ समितिको संयोजक चयन गरे। २६१ जना सदस्य रहेको क्यानको सभामा उपस्थित रहेका १४६ जनाले हस्ताक्षर गरेका थिए।
तपाईंकै कारण त्यो कार्यसमितिले काम गर्न नसकेको हो कि?
होइन। उहाँहरु साधारणसभा छोडेर हिंड्नुभएपछि उत्तेजित भएका साथीहरुलाई सम्हाल्न मैले नेतृत्व लिएको हुँ। महासंघ दर्ता भएको एक/दुई महीनामा साधारणसभा गरेर निर्वाचित कार्यसमितिलाई नेतृत्व सुम्पनेछु।
अब क्यान इन्फोटेक कसरी सञ्चालन हुन्छ?
क्यानको मुख्य पहिचान क्यान इन्फोटेक हो। त्यसैले त्यसलाई भव्य बनाउन हामी दृढ छौं। तदर्थ समितिलाई प्रशासनले वैधता दियो भने १८―२३ पुसमा इन्फोटेक सञ्चालन गर्नेर्छौं। वैधता पाएनौं भने दशौं कार्यसमितिले नै आयोजना गर्ला।
क्यान इन्फोटेकमा किन अनुसन्धानमूलक प्रदर्शनी नभएको हो?
क्यान इन्फोटेकलाई व्यापारिक थलो मात्र बनाउनु हुन्न। नेपालका विश्वविद्यालयहरुले गरेका अनुसन्धान र सिर्जनाहरु राख्न निःशुल्क स्टल दिनुपर्छ। म अध्यक्ष हुँदा यो सुरुआत पनि भएको थियो।
स्वदेशी प्राविधिक जनशक्तिलाई दक्ष बनाउन क्यानको भूमिका के हुन्छ?
क्यान प्राविधिक शिक्षा अध्ययन गराउने शिक्षण संस्था र रोजगारदाता कम्पनीहरुबीच पुल बन्नुपर्छ। बजारमा चाहिएको जनशक्ति उत्पादन गर्न कस्तो शिक्षा दिनुपर्छ भनेर विश्वविद्यालयलाई सुझाउनु पनि पर्छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
