अर्थ/बजारमंगलबार, साउन ९, २०६९
रु. २४४ अर्ब राजस्व असुली
अघिल्लो आर्थिक वर्षमा रु. २४१ अर्ब ७७ करोड ४२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु. २४४ अर्ब १४ करोड ८७ लाख राजस्व असुली भएको अर्थ मन्त्रालयले जनाएको छ । मुलुकको राजस्व असुलीमा सर्वाधिक ठूलो हिस्सा राख्ने मूल्य अभिवृद्धि करतर्फ रु. ७२ अर्ब७४ करोड असुली गर्ने लक्ष्य राखिएकोमा रु. ७१ अर्ब ९७ करोड असुली भएको प्रारम्भिक अनुमान गरिएको अर्थसचिव कृष्णहरि बाँस्कोटाले बताए ।
त्यसैगरी आर्थिक वर्ष २०६८\०६९ मा मूल्य अभिवृद्धि कर असुलीको वृद्धिदर १६ दशमलब ७ प्रतिशतले कायम भएको जानकारी दिदै उनले मूल्य अभिवृद्धि कर असुलीमा राम्रो वृद्धिदर देखिनुमा बिना मोलाइजा ५१८ वटा नक्कली मूल्य अभिवृद्धि करको विलविजकमाथि भएको कारवाही मूल्य अभिवृद्धि कर दर्तावालाको सङ्ख्यामा भएको वृद्धि करदाता सेवा कार्यालयहरुको स्थापना र बक्यौता असुलीमा गरिएको प्रयास नै प्रमुख कारण भएको जानकारी दिए ।
यसैगरी आयकरमा २२ दशमलब ७ प्रतिशतले वृद्धि भएको भन्सार महसुलमा १८ प्रतिशतले बढोत्तरी भएको तथा अन्तःशुल्क असुली वृद्धिदर १३ दशमलब ५ प्रतिशत कायम भएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
