खेलकुदबिहीबार, पौष ४, २०७०

पहिलो अभ्यास खेलमा नेपालको जीत

हिमालखबर

एकदिवसीय विश्वकप क्रिकेट छनौटको तयारीमा रहेको राष्ट्रिय टीमले श्रीलंकाको कोलम्बो कोल्ट्स क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । श्रीलंकाको कोल्टस क्रिकेट मैदानमा ४ पुसमा भएको खेलमा पाएको २२९ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर ३ ओभर बाँकी छदै पूरा गर्‍यो ।

कोलम्बो कोल्ट्स क्रिकेट क्लबले ४९.३ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको थियो ।

नेपालका ज्ञानेन्द्र मल्लले ५८, सुवास खकुरेल ५६, प्रदीप ऐरी २७, सरद भेषवाकर १७, अनिल मण्डल १३ र पारस खड्काले १२ रनको योगदान गरे । पारस खड्का र अविनाश कर्णले ३-३ एवम् वसन्त रेग्मी र सागर पुनले २-२ विकेट लिए ।

नेपाली टीमले श्रीलंकामा अभ्यास खेलहरु खेलपछि नेपाली टीम सिधै न्यूजिल्याण्ड जानेछ । न्यूजिल्याण्डमा २९ पुसदेखि १८ माघसम्म आईसीसी एकदिवसीय विश्वकपको क्रिकेट छनौट प्रतियोगिता हुँदैछ । छनौट अघि नेपालले २६ पुसमा नामिबियासँग र २७ पुसमा केन्यासँग अभ्यास खेल खेल्नेछ ।

छनौट खेलमा शीर्ष दुईमा रहने टीमले सन् २०१५ मा न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने वान डे विश्वकपमा सहभागिता जनाउनेछन् भने शीर्ष ४ भित्र अटाउने टीमले एक दिवसीय मान्यता पाउनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...