समाचारबुधबार, साउन १०, २०६९

कालोसूचीमा व्यावसायी सुधीर बस्नेत

रमेश कुमार

अग्नि एयर ओरियण्टल बिल्र्डस एण्ड डेभलपर, कोहिनूर हाउजिङ, आयुषा डेभलपर र ओरियण्टल फाइनान्स लगायतका लगानीकर्ता बस्नेतले विभिन्न ब्याङ्कको कर्जा चुक्ता गर्न नसकेपछि उनको सम्पत्ति लिलामीको सूचना प्रकाशित भइसकेको थियो। बस्नेतले अपार्टमेन्ट हाउजिङ तथा उपत्यकाभित्र तथा वरिपरि जग्गा प्लटिङमा ठूलो परिमाणमा लगानी गरेका छन्। उनले दर्जनभन्दा बढी ब्याङ्कबाट अर्बौं रुपैयाँ कर्जा लिएर घरजग्गा ब्यवसायमा लगानी गरेको बताइन्छ।

घरजग्गा व्यवसायमा मन्दी शुरु भएसँगै बस्नेत पनि समस्यामा परेका हुन्। यद्यपि सन् २००६ मा शुरु भएको उनको अग्नि एयरले भने सफल व्यवसाय गरिरहेको छ। घरजग्गा व्यवसायमा मन्दी आएपछि थुप्रै व्यावसायीको सम्पत्ति लिलामीमा परेको छ। कर्जा सूचना केन्द्रले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई पनि पुनः कालोसूचीमा राखेको छ।

ढकालले मोमेन्टो अपारेल्सका नाममा लिएको कर्जा तिर्न नसकेपछि उनी कालोसूचीमा परेका हुन्। यसअघि पनि ढकाल कालोसूचीमा परिसकेका थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>