रमझमशुक्रबार, पौष ५, २०७०
मनिषाको सुर
विराटनगरकी मनिषा पोखरेल अहिले पार्श्वगायनमा मजाले जमेकी कलाकारमा पर्छिन्। २०६४ मा राजधानी आएर आकाशगंगा चलचित्रबाट फिल्मी गायन शुरु गरेकी उनले अहिलेसम्म हमेशा, रावण, भेटी, फूलस्टप, दमदार, अग्निसाक्षी, दिवानापन र तेरे इश्कमे हिन्दी चलचित्र लगायतका करीब पाँच दर्जन फिल्ममा गीत गाइसकेकी छन्।
चल्तीका संगीतकार महेश खड्का भन्छन्, “मिडियामा धेरै नआए पनि उत्कृष्ट गायकी छ, मनिषासँग।”
रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगिता २०६७ मा सर्वोत्कृष्ट गायिका बनेकी उनले पाँच दर्जन हाराहारीका फुटकर अल्बममा स्वर दिएकी छन्।
एक वर्षअघि सायद नामको एकल अल्बम पनि निकालेकी छन्, उनले। २०५८ सालमा विराटनगरमै स्वरसंगम संगीतालयमा कुशेश्वर राईकी चेली बनेकी उनी अहिले पनि गान्धर्व संगीत विद्यालयकी नियमित प्रशिक्षार्थी हुन्।
विराटनगरमै रहँदा मैथिली, भोजपुरी र थारु भाषाका दर्जनौं गीत गाएकी मनिषा भन्छिन्, “अब गम्भीर र चिरस्थायी प्रकृतिका गीतहरु गाउने छु।”
ऋषिराम कट्टेल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
