खेलकुदशुक्रबार, पौष ५, २०७०

श्रीलंकामा नेपालको दोस्रो जीत

हिमालखबर

एकदिवसीय विश्वकप क्रिकेट छनौटको तयारीमा रहेको नेपाली राष्ट्रिय टीम श्रीलंकामा दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । नेपालले ५ पुसमा श्रीलंकाको मुर्स स्पोर्टस् क्लबलाई दुई विकेटले पराजित ग¥यो ।

१४८ रनको लक्ष्य नेपालले ३२.२ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउने क्रममा विनोद भण्डारीले अर्धशतक पूरा गर्दै ५२ रन जोडे । कप्तान पारस खड्काले २८ रनको योगदान गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको मुर्स स्पोर्टस् क्लब ३६.२ ओभरमा १४७ रनमा समेटिएको थियो । नेपालका शक्ति गौचन, जितेन्द्र मुखिया, अविनाश कर्ण र अनिल मण्डलले दुई–दुई विकेट लिए । कप्तान पारस खड्का र वसन्त रेग्मीले एक–एक विकेट झारे ।

पहिलो अभ्यास खेलमा नेपालले ४ पुसमा श्रीलंकाको कोलम्बो कोल्ट्स क्रिकेट क्लबलाई ४ विकेटले हराएको थियो । नेपाली टीमले श्रीलंकामा अभ्यास खेलहरु खेलपछि नेपाली टीम सिधै न्यूजिल्याण्ड जानेछ ।

न्यूजिल्याण्डमा २९ पुसदेखि १८ माघसम्म आईसीसी एकदिवसीय विश्वकपको क्रिकेट छनौट प्रतियोगिता हुँदैछ । छनौट अघि नेपालले २६ पुसमा नामिबियासँग र २७ पुसमा केन्यासँग अभ्यास खेल खेल्नेछ ।

छनौट खेलमा शीर्ष दुईमा रहने टीमले सन् २०१५ मा न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने वान डे विश्वकपमा सहभागिता जनाउनेछन् भने शीर्ष ४ भित्र अटाउने टीमले एक दिवसीय मान्यता पाउनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...