Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
झापामा सामुदायिक वनकै कोइला कारखाना - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष ५, २०७०

झापामा सामुदायिक वनकै कोइला कारखाना

हिमालखबर

झापा, जलथल–१ को रणकाली सामुदायिक वन उपभोक्ता समूहले जैबिक कोइला (बायो ब्रिकेट) उत्पादन शुरु गरेको छ । सामुदायिक वनभित्र रहेको काठ बन्न नसक्ने झाडी र पोथ्राहरु डढाई निकालिएको कोइलालाई मेशिनमा पिसी धुल्याएर माटो मिसाई मुछेर गोलाकार फर्मामा खाँदी जैबिक कोइला तयार पार्ने गरिन्छ ।

यस्तो मिसावट गर्दा सयकडा ४० माटो र बाँकी ६० प्रतिशत कोइलाको धुलो राख्ने गरिन्छ । यसरी तयार जैबिक कोइला सल्किएपछि एकघण्टासम्म बल्छ । झापाको बजारमा १२ रुपैंया २५ पैसाको भाउमा बिक्ने जैबिक कोइलाको उत्पादन लागत प्रतिगोटा ७ रुपैंया रहेको छ ।

दैनिक तीन सय थान जैबिक कोइला उत्पादन गर्ने रणकालीको उद्योगमा ११ जना कामदार कार्यरत छन् । २ लाख ७७ हजार रुपैंयाको लगानीमा शुरु गोलाकार जैबिक कोइला उद्योगको ५ पुसमा लघु उद्यम विकास कार्यक्रम मेडेपका वरिष्ठ उद्यम विकास अधिकृत राजन केसीले गोलाकार फर्माबाट कोइला निकाली उदघाटन गरे ।

गोपाल गडतौला, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>