Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पहाडी सिरेटोको रोमाञ्चकता- शर्मिला टैगोर - Himalkhabar.com

थप समाचारशनिबार, पौष ६, २०७०

पहाडी सिरेटोको रोमाञ्चकता- शर्मिला टैगोर

हिमालखबर

-शर्मिला टैगोर
मेरो बालापन कलकत्तामा वित्यो र त्यहाँ भन्दा केही पर निकै सुन्दर हिल स्टेशन दार्जिलिंग छ, तर त्यसबेला मैले कुनै दिन सुन्दर हिमाली उपत्यकामा शुटिंग गर्नुपर्ला भन्ने कल्पना सम्म गरेकी थिइन ।

संयोग नै मान्नुपर्छ मेरो करियरको पहिलो फिल्म ‘कश्मिरकी कली’ थियो ।  निर्माता निर्देशक शक्ति सामन्तले कुनै पत्रिकामा मेरो तस्वीर देखेका थिए र उनलाई लाग्यो म उनको फिल्मकी नायिका हुन सक्छु ।

सामन्त कलकत्ता आएर मेरा बुवाआमासँग कुराकानी गरे र मलाई फिल्ममा नायिकाको रोल अफर गरे ।

कश्मिरमा शुटिंगका बेला मलाई एचएस विहारीले लेखेका निकै सुन्दर गीतहरुमा अभिनय गर्नुप¥यो । यो फिल्मका गीतहरुमा एउटा कविता पनि थियो जस्मा ओपी नैयरले दिएकोे संगीतको मादकता बयान गरी साध्य छैन ।

त्यस फिल्मको एउट डूएट– ‘इशारों इशारों में दिल लेनेवाले बता ये हुनर तूने सीखा कहाँ से…?’ लाग्छ यति सुन्दर गीत कश्मिर जस्तो सुन्दर लोकशनमा नै हुनसक्थ्यो ।

फिल्म दृश्य माध्यम हो, दृश्य मनमोहक भएन भने दर्शकले रुचाउँदैनन् । यदि कुनै रोमान्टिक सिन निर्माण गर्नु छ भने सुन्दर माहोल रच्नु पर्ने हुन्छ जसमा रोमान्स फक्रन सकोस ।

कश्मिरलाई त यसै पनि हिन्दुस्तानको स्वर्ग भनिन्छ, फेरि कश्मिरको हावामै संगीत छ, जहाँ गीत सुन्दै नसुन्नेहरु पनि गाउन थाल्छन् ।

यसै फिल्मको एउटा अर्को गीत म सम्झन्छु, ‘ये देख के दिल झुमा, दिवाना हुआ वादल…’ साँच्चिकै कति सुन्दर छ यो गीत, कश्मिरको चिसो हिमाली हावाको जादू नै हो जस्ले यती राम्रो कविता दियो र ओपी नैयरले आफ्नो संगीतमा मादकता पैदा गर्न सके ।

मलाई पहाडमा शुटिंग गर्दा सँधै लाग्छ, त्यहाँको वातावरणको असीम शान्ति, सन्नाटा र हावामा गुञ्जिने संगीतले फिल्मकारहरुलाई रोमान्टिक दृश्यका उत्पादनका लागि उर्वरता प्रदान गर्छ । यस्को अनुभव मलाई मनमोहन देशाईको फिल्म ‘आ गले लगजा’ मा भएको थियो ।

यो फिल्ममा मसँग नायकको भूमिकामा थिए शशिकपुर । शशीसँग मेरो निकै ‘फ्रेन्डली’ सम्बन्ध थियो, त्यसैले हिउँको लोकेशन र चिसो सिरेटोका बीच ‘सिन’ गर्दा मैले पाएको आनन्द अहिले शब्दमा भन्ने नसकिने छ ।

यसै फिल्ममा हिउँका बीच खिचिएको अर्को निकै रोमान्टिक गीत छ– ‘मेरा तुझसे है पहलेका नाता कोइ, यूँ ही नहीं दिल लुभाता कोई…।’ यो गीत त्यही भूमिमा मात्रै हुन सक्थ्यो । हिउँले भरिएको त्यो भूगोलमा नायकका ओंठबाट निस्किने यी शब्दहरुले साँच्चिकै गज्जबको रोमाञ्चकता उत्पन्न गर्छ, मनमा प्रेमको उमंगलाई झनै जवान बनाउँदै ।

शक्ति सामन्तको फिल्म ‘आराधना’ का लागि मलाई दार्जिलिंग जानु पर्‍यो । यो फिल्ममा राजेश खन्ना र ममाथि निकै रोमान्टिक गीत ‘कोरा कागज था ये दिल मेरा लिख लिया नाम इस पे तेरा…’ छायाँकन गरिएको थियो । यो गीतको सिनिक ब्यूटी यति धेरै थियो कि फिल्म हेर्दै गर्दा दर्शकहरुको स्वरले हल नै अहिले पनि गुञ्जायमान हुन्छ ।

यही फिल्मको अर्को एउटा गीत छ, ‘रुप तेरा मस्ताना प्यार मेरा दिवाना भूल कोइ हमसे ना हो जाए…’ यो निकै मादक गीत हो । शक्तिदाले यसलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरेका थिए । कोठामा आगो बलिरहेको छ र नायक नायिका बाहिरबाट रुझेर आएका छन् । आगोलाई उनले मेटाफोरका रुपमा उपयोग गरेका छन् । हिउँ–आगो–पानी र सिरेटोको आपसमा गहिरो सम्बन्ध छ ।

त्यसैले पुराना फिल्ममा जति पनि रोमान्टिक गीतहरु छन्, सबै यसै माहोलमा छायाँकन गरिएका छन् ।
यश चोपडाको फिल्म ‘वक्त’ को एउटा गीत नैनीतालको सुन्दर तलाउ किनारमा म र शशीकपूरलाई केन्द्रमा राखेर छायाँकल गरिएको थियो– ‘दिन हैं बहार के तेरे–मेरे इकरारके, दिल के सहारे आ जा प्यार करें…।’

यश चोपडाकै फिल्म ‘दाग’ मा मलाई फेरि राजेश खन्नासँग ‘हम और तुम, तुम और हम, खुश हैं आज यूं मिलके…’ हिउँकै लोकेशनमा छायाँकन गर्नु परेको थियो । यसबाहेक ‘चली हवा…’ र यउटा पीडा भरिएको गीत ‘एक चेहरे पे कई चेहरे लगा लेते हैं लोग…’ पनि त्यही पहाडी सुन्दर लोकेशनमा छ ।

चिसो सिरेटोमा रोमान्स फक्रिन्छ भने पीडाको गहिरो अनुभूति पनि यसै माहोलमा हुन्छ । एउटा अर्को फिल्म मेरो स्मृतिमा आइरहेको छ, ‘ये गुलिस्ताँ हमारा…।’ यो फिल्ममा मसँग देवानन्द हिरो थिए । देवआनन्द आफैंमा निकै रोमान्टिक मानिस हुन् र सिक्किमको लोकेशन थियो त्यो । त्यसमा म अलिकती भाउ खोजिरहेकी हुन्छु र देव साहब मलाई फकाउने सुरमा गाइरहेका हुन्छन, ‘गोरी–गोरी गांव की गोरी रे किसलिए बुन रही डोरी रे…’ यो गीत जहिले सुन्छु देव साहबको याद ताजा भएर आउँछ ।

पहाडी लोकेशनमा फिल्मकारहरु त अहिले पनि जान्छन् होला । गीत पनि बन्छन् तर, त्यो जमाना अली फरक थियो । त्यसबेला फिल्म इन्डस्ट्रीमा यस्ता गुणी ज्ञानी गीतकार र संगीतकार थिए जस्ले लोकेशन र सिचुएशनलाई ध्यानमा राखेर सुन्दर गीत रच्थे र सुन्दर संगीत रचना गर्थे । अचेलका गीतहरुमा त्यस्तो सुन्दर र मादक पोएट्री हुँदैन ।

कादम्बिनीमा प्रकाशित लेखबाट अनुदित

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>