अर्थ/बजारआइतबार, पौष ७, २०७०
अल्पाइन बैंकबाट १० लाख लुटियो
मनवानपुर, हेटौंडास्थित अल्पाइन डेभलपमेन्ट बैंकको रकम लुटिएको छ । हेटौंडामा रहेको मुख्य कार्यालयबाट जिल्लाकै श्रीपुर छत्तिवन–२ स्थित हात्तिसुढे उपशाखामा १० लाख रुपैंया लैजाने क्रममा हतियारधारी समूहले लुटेको हो ।
उपशाखाका म्यानेजर विष्णु अधिकारी र गार्ड बलराम माझीले मोटरसाइकलमा लैजादै गर्दा मोटरसाइकलमै आएका हतियारधारी समूहले हर्नामाडी–५ फुर्केचौरमा रकम लुटिएको मकवानपुर जिल्ला प्रहरी कार्यालय प्रमुख गणेश बहादुर ऐरले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट बा १३ प १७३५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । तर, उक्त मोटरसाइकल लुटेराकै हो या होइन यकिन नभएको प्रहरीको भनाई छ ।
हतियारसहित मोटरसाइकलमा आएका दुई जनाले रकम लुटेर भागेको बैंकका कर्मचारीले बताएको उनले प्रहरी प्रमुख ऐरले जानकारी दिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
अशोकसुजन श्रेष्ठ, हेटौंडा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
