थप समाचारसोमबार, पौष ८, २०७०
बाँडेगाउँमा किशुनजीको सम्झना (दश तस्वीर)
सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९० औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । जन्मजयन्तीको अवसरमा ललितपुर, बाँडेगाउँस्थित भटटराईको सरकारी आश्रममा ८ पुस दिउँसो विशेष कार्यक्रम आयोजना गरिएको छ ।
निष्ठाको राजनीति गरेका नेताका रुपमा चिनिने भट्टराईको जन्म ८ पुस १९८१ मा भएको थियो । उनको २० फागुन २०६७ मा देहान्त भएको थियो ।
बाँडेगाउँमा भएको विशेष कार्यक्रममा राष्ट्रकवि माधव प्रसाद घिमिरे, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, दीपकुमार उपाध्याय, प्रदीप ज्ञवाली, निलाम्बर आचार्य, दमननाथ ढुंगाना, पीएल सिंह, रुक्मांगत कटुवाल लगायत सहभागी थिए ।
कार्यक्रममा भट्राईले २०१८ सालदेखि २० भदौ २०६७ भदौसम्म लेखेका डायरी नोट फ्रम प्रिजन को विमोजन भएको छ । पत्रकार युवराज घिमिरेले सम्पादन गरेको पुस्तकको राष्ट्रकवि माधव प्रसाद घिमिरेले विमोचन गर्नुभयो ।
बाँडेगाउँस्थित सरकारी आश्रममा ८ पुसमा देखिएको केही झलकः
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
