Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विराटनगर र सप्तरीमा आगलागी - Himalkhabar.com

थप समाचारसोमबार, पौष ८, २०७०

विराटनगर र सप्तरीमा आगलागी

हिमालखबर

विराटनगर र सप्तरीको इनरुवामा ८ पुसमा आगलागी भएको छ । विराटनगर–१५ स्थित भट्टिमोडमा सुरशे सहनीको लक्ष्मी पाउरोटी उद्योगमा आगलागी भएको छ । पुस ८ बिहान भएको आगलामी ७० लाख रुपैंया बराबरको क्षति भएको छ ।

विद्युत् सर्ट भई लागेको आगलागीबाट पाउरोटी उद्योगकासाथै छिमेकी जुगल सहनीको बोरा उद्योग एवम् गोदाम, मनोहर रायको पसल, छिमेकीको किराना, चिया पसल तथा घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस्तै, ८ पुस बिहान सप्तरीको इनरुवा गाविसमा आगलागी हुँदा ८ लाख रुपैंया बराबरको क्षति भएको छ । इनरुवा–९ निवासी जोगेन्द्र यादवको गाईगोठमा बालिएको आगो सल्केर भएको आगलागीमा यादवसहित स्थानीय तीन परिवारको छवटा घर जलेर नष्ट भएको छ ।

आगलागीमा परी यादवको चारवटा बाख्रा जलेर मरेका छन् भने घरमा रहेको खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>