ब्लगमंगलबार, पौष ९, २०७०

तीन पुस्ताले देखेको सपना (फोटो/एसे)

Bachhu BK

कञ्चनपुरको ब्रह्मदेवका गोपाल भुल (५) सिद्धनाथ माविमा कक्षा १ मा पढ्छन्। त्रैमासिक र अर्धवार्षिक परीक्षामा तेस्रो भएका गोपालबारे बुवा किशन (३०), बाजे झुसे (५८) र जिज्युबाजे धनी (८१) को सपना छ, पढे–लेखेर एक दिन उसले सरकारी जागीर खाओस्। जिज्युबाजे धनी भन्छन्, “दुःखले पढेर मालिकका छोराछोरीलाई जित्न गाह्रो भए पनि दलितले पाउने आरक्षण कोटाबाट जागीर पाउँछ होला।”

स्कूल जाँदै गोपाल ।

स्कूलको प्रार्थनामा (रातो घेरामा) गोपाल।

स्कूलमा गोपाल।

स्कूलबाट साथिहरुसँग घर फर्किदैँ गोपाल ।

स्कूलबाट फर्केपछि ड्रेस फुकाल्दै।

भुल परिवारमा विद्यालय टेक्ने गोपाल पहिलो सदस्य हुन्। ७० वर्षअघि विवाह गर्दा लिएको गहुँ र मकैको ऋण तिर्न धनी र उनका छोरा नातिले बैतडीको गोकुलेश्वर―२ का साहूको खेतबारीमा २२ वर्षअघिसम्म हलो जोतेका थिए। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० ब्रह्मदेवमा बसाइँ सरेपछि पनि उनको परिवारले उनै साहूको जमीनमा थप ७ वर्ष हलो जोत्यो।

खाजाका रुपमा नूनसँग बासी भात खाँदै।

कक्षा १ मा पढिरहेका गोपाल भुल

जिज्युबाजे धनी (बीचमा) र बुवा किशनसँगै घरमा गोपाल।

पाँच वर्षअघि सरकारले हलियामुक्ति घोषणा गरेपछि हलो जोत्न छाडेका झुसे र किशन गुजारा चलाउने अरू उपाय नभएपछि साहूको हलो अहिले पनि जोतिरहेका छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>