रमझममंगलबार, पौष ९, २०७०
न्युयोर्कमा सुम्निमा साँझ
किरात राई सोसाईटी अफ अमेरिकाले हरेक वर्ष जस्तै यसपटक पनि न्युयोर्कमा सुम्निमा सा“झ आयोजना गर्यो । साँझमा गायक यश कुमारले एकल तथा पबिता परियारसँग संयुक्त गीत गाएका थिए । सुमन बुढा मगर र बिमल डागीले लोक गीत गायर दर्शकलाई नचाए ।
आयोजक किरात राई सोसाईटी अफ अमेरिकाले यश कुमार, डान्सर बसन्ती राई र यशोदा राईलाई सम्मान गरेको थियो । संस्कृति सम्बद्र्धन गर्ने उद्धेश्यले विगत पाँच वर्ष यता सुम्निमा साँझ आयोजन गर्दै आएको कार्यक्रम स“योजक भारती राईले जानकारी दिइन ।
सोसाइटीका अध्यक्ष खगेन्द्र राई यस्ता कार्यक्रमले व्यस्त दिनचर्याकाबीच नेपालीहरूले मनोरञ्जन लिने गरेको बताए । सोसाईटीका बोर्ड चेयर मणि वाङदेलको सभापतित्वमा सम्पन्न कार्यक्रमा जनजाती महासघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा प्रमुख अतिथि थिए ।
ङिमा पाख्रिन, अमेरिका
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
