अर्थ/बजारबुधबार, पौष १०, २०७०

क्यान पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी

हिमालखबर

असन्तुष्ट समूहले क्यानका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । क्यानका विभाजित समूहले दुई वर्षदेखि आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै १० पुसमा उजुरी दर्ता गरेको हो ।

उजुरी हाल्ने समूह १५ मंसीरमा क्यानबाट विभाजित भएको थियो । क्यान तदर्थ समितिका सहसंयोजक नवराज कुँवरसहितको टोलीले उजुरी दर्ता गरेको हो ।

उनीहरुले संस्थापन पक्षका अध्यक्ष विनोद ढकालसहितका पदाधिकारीलाई विपक्षी बनाएर लाखौं रुपैंया आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।

क्यानले १८ पुसदेखि राजधानीमा क्यान इन्फोटेक २०१४ आयोजना गर्ने तयारी गरिरहेको बेला अख्तियारमा उजुरी परेको हो । विवादकै कारण क्यान इन्फोटेक २०१२ र २०१३ को आर्थिक प्रतिवेदन दुई वर्षदेखि पारित हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>