अर्थ/बजारबिहीबार, पौष ११, २०७०
गोल्छा हाउसमा आगलागी हुँदा ३ करोडको क्षति
विराटनगरस्थित गोल्छा अर्गनाइजेशनको मुख्य कार्यालयमा आगलागी हुँदा तीन करोडको क्षति भएको छ । ११ पुस बिहान लागेको आगोबाट लेखा कार्यालयका कागजात, कम्प्युटर, ल्यापटप, एयर कन्डिसन, फर्निचर लगायतका सामग्री जलेको गोल्छा अर्गनाइजेशनले जनाएको छ ।
आगलागी भएको कार्यालय सुनसरी, मोरङ औद्योगिक करिडोरमा गोल्छ अर्गनाइजेशनद्वारा संचालिक उद्योगहरुको मुख्य कार्यालय हो । आगो तीन घण्टापछि पूर्ण नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने अनुमान छ ।
कार्यालयका जलेका कागजात राखेको ठाउँमा भने कार्यालयका गार्डले प्रहरीलाई समेत छिर्न दिएको थिएन ।
कमल रिमाल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
