रमझमबिहीबार, पौष ११, २०७०

भरतनाट्यममा सुलोचना

हिमालखबर

ललितपुरस्थित यलमाया केन्द्रमा नृत्य प्रस्तुत गर्दै सुलोचना (बायाँ)

भारतको बनारस हिन्दू विश्वविद्यालयबाट शास्त्रीय नृत्यमा स्नातकोत्तर मकवानपुर, टिस्टुङकी २६ वर्षीया सुलोचनाले भरतनाट्यममा पोख्त नेपाली कलाकारको पहिचान बनाएकी छन्।

२०६५ मा पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौंबाट भरतनाट्यममा स्नातक गरेपछि एमम्युजका लागि २०६७ मा बनारस गएकी उनी एक वर्षअघि फर्किएकी हुन्।

अहिले शास्त्रीय नृत्यमा प्रतिबद्ध कलाकारको रुपमा विभिन्न गतिविधिमा संलग्न उनी भन्छिन्, “धेरै मिहिनेत र धैर्य चाहिने यो विधामा औंलामा गन्न सकिने नेपाली कलाकार भएकाले पनि यो कामबाट निकै प्रशंशित भएकी छु।” उनी चर्या नृत्यमा पनि उम्दा छिन्।

राजधानीका केही निजी विद्यालयमा नृत्यकी गुरुआमा बनेकी उनी पद्मकन्या बहुमुखी क्याम्पसमा नेपालमै पहिलोपटक नृत्यमा स्नातकोत्तर शुरु हुने भएपछि आगामी शैक्षिक सत्रदेखि त्यहाँ पढाउने भएकी छिन्।

सुलोचनाका अनुसार नेपालमा कत्थकमा निकै कम कलाकार छन् भने भरतनाट्यममा त्योभन्दा पनि कम। “अरु नृत्य जस्तो यो विधा दुई–चार महीना सिकेर हुँदैन, त्यसैले पनि कमै कलाकार छन्”, उनी भन्छिन्।
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>