रमझमशुक्रबार, पौष १२, २०७०
झुम्दै झुमा (फोटो फिचर)
वि.सं. २०६० मा ‘ए साइला’ नामक लोक आधुनिक अल्बमसँगै नेपाली सांगीतिक क्षेत्रमा उदाएकी झुमा लिम्बु ‘अम्बर संगीत’ नामक एकल अल्बम लिएर स्रोतामाझ आएकी छन् । उनको अल्बमको १२ पुसमा राजधानीको पाटनढोकास्थित यलमाया केन्द्रमा विमोचन भयो ।
साहित्यकार कमलमणि दीक्षित, पिटर जे कार्थक, गीतकार रत्न समशेर थापा, संगीत तथा नाट्य एकेडेमीका कुलपति तथा वरिष्ठ संगीतज्ञ अम्बर गुरुङ, कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ, प्रोफेसर डा.अभि सुवदीले संयुक्त रुपमा विमोचन गरे ।
अम्बर गुरुङको एकल शब्द–संगीत रहेको ‘अम्बर संगीत’मा एउटा गीतमा भने रत्न शमशेर थापाले गीत लेखका छन् । कार्यक्रममा गीतकार थापाले मौलिकता र स्तरीय सिर्जना दिने अम्बर गुरुङको प्रशंसा गर्दै अम्बर गुरुङले पत्याएकी झुमाको गायकीको तारिफ गरे ।
कार्यक्रममा झुमाले विमोचित अल्बमका दुई गीत सुनाएकी थिइन् । अम्बर गुरुङ संगीत प्रबन्ध समितिले आयोजना गरेको सो कार्यक्रममा दीप श्रेष्ठ, राजेशपायल राई, ठूले राई, नारायण ओली लगायतका कलाकर्मीको उपस्थिती थियो ।