खेलकुदआइतबार, पौष १४, २०७०

झापामा अन्तर्राष्ट्रिय चेस प्रतियोगिता जारी

हिमालखबर

दमकमा जारी सुधन स्मृति तेस्रो ध्रुवतारा कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा ३ खेलाडीहरुले अग्रता कायम गरेका छन् ।

१३ पुसमा भएको खेलमा झापाका २०१२ फिडे रेटिङ भएका निरज निरौलालाई पराजित गर्दै भारतका २२२७ रेटिङका विपुल सुवासी आफ्नो अपराजित यात्रा कायम राखेर शीर्ष स्थानमा रहन सफल भएका छन् । यो समेत सम्पन्न सात मध्ये सुबासीले ६ खेल जितिसकेका छन् ।

त्यस्तै सातौं चरणमा जित हात पारेका मदनकृष्ण कृष्ण कायस्थ र मनिस हमाल पनि समान ६ अंकका साथ शीर्ष स्थानमा रहन सफल भए ।

१० पुषमा शुरु प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र अमेरिकाका १० महिला सहित १०९ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको अन्तिम चरणको खेल १५ पुषमा हुनेछ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>