रमझमआइतबार, पौष १४, २०७०
र्याम्पमा मगर संस्कृति
नेपाल मगर संघ, मगर सांस्कृतिक संघलगायत ८ वटा मगर समुदाय सम्बद्ध संस्थाहरुको आयोजनामा ‘मगराँत सांस्कृति भेषभुषा प्रतियोगता’ दाङको घोराहीमा सम्पन्न भएको छ ।
प्रतियोगमा महिलातर्फ निशा पुनमगर प्रथम, सुनिता रोकामगर द्वितीय, अनिता पुन मगर तृतीय भए भने पुरुषतर्फ दीपक थापामगर प्रथम, सुरेश बुढामगर द्वितीय र ज्ञानबहादुर झाँक्रिमगर तृतीय भए ।
अठार मगरात क्षेत्रका मगर जातिको भाषा, संस्कृति, भेषभुषा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका संयोजक कृतिमान पुन मगरले जानकारी दिए ।
कार्यक्रममा मगर समुदायको परम्परागत लोकगीत लस्के, साईलादाई र टप्पा, कौरालगायतका नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
देविका घर्ती मगर, दाङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
