खेलकुदआइतबार, पौष १४, २०७०

एसिया कपमा नेपालको दोस्रो पराजय

हिमालखबर

संयुक्त अरब इमिरेट्सको आइसिसि ग्लोबल क्रिकेट ग्राउन्ड एकेडेमीमा १४ पुसमा नेपाललाई भारतले नौ विकेटले हराएको हो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले भारतलाई १३७ रनको सामान्य लक्ष्य दिएको थियो । भारतले एक विकेटको क्षतिमा २५ दशमलव एक ओभरमै  १४० रन बनायो ।

समूह ए रहेको नेपाल १३ पुसमा पाकिस्तानसँग हारेको थियो । लगातार दुई हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको संभावना गणितीय रुपमा मात्रै बाँकी छ । नेपालले अब युएइलाई फराकिलो अन्तरले पराजित गरेर मात्रै पुग्दैन । त्यसका लागि भारतले पाकिस्तानलाई पनि पराजित गर्नु पर्दछ ।

नेपालले १६ पुसमा युएइको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>