थप समाचारसोमबार, पौष १५, २०७०
यसरी मनाइयो तमु ल्होछार (फोटो फिचर)
गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछार देशभर धुमधासँग मनाइएको छ । राजधानीमा पनि टुँडिखेलमा विशेष कार्यक्रम गरी गुरुङ समुदायले ल्होछार मनाए । कार्यक्रम शुरु हुनु अघि राजधानीको बसन्तपुरदेखि जमल, पुतलीसडक हुँदै टुँडिखेलसम्म मौलिक झाँकीसहितको र्याली निकालिएको थियो ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यस वर्ष ल्होछारसँगै सर्प वर्षको बिदाई र घोडा वर्ष शुरु भएको छ । टुँडिखेलमा भएको विशेष कार्यक्रमको मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले उदघाटान गरे ।
तमु ल्होछारको अवसरमा राजधानीमा देखिएको केही झलक:
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
