खेलकुदसोमबार, पौष १५, २०७०
ए डिभिजन लिग शुरु, मनाङ र आर्मी विजयी
राजधानीमा सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ पुसदेखि प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भयो । मनाङले ब्वाइज युनियन क्लबलाई एक–शुन्य गोलले हरायो । मनाङको जीतमा सुलभ मास्केले १० औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो ।
प्रतियोगिताको दोस्रो खेलमा भने नेपाल आर्मीले जावलाखेल युथ क्लबलाई तीन–शुन्यले हरायो । आर्मीका भरत खवासले ५४ औं र ८९ औं मिनेटमा गोल गरे । नवयुग श्रेष्ठले ७९ औं मिनेटमा एक गोल गरेका थिए ।
जीतसँगै मनाङ र आर्मीको ३–३ अंक भएको छ । प्रतियोगिताअन्तर्गत १६ पुसमा फ्रेण्डस् क्लब तथा सशस्त्र प्रहरी बलबीच पहिलो खेल र दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब तथा संकटा क्लबबीच हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
