खेलकुदमंगलबार, पौष १६, २०७०

महान च्यम्पियन शुमाकरको अवस्था गम्भीर

हिमालखबर

फ्रान्सको ग्रेनोबल अस्पतालमा उपचार गराइरहेका मोटर रेसिंग च्यम्पियन माइकल शुमाकरको अवस्था चिन्ताजनक हुँदै गएपछि परिवारलाई अस्पतालमा बोलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

४४ वर्षीय शुमाकर गत आइतबार फ्रान्सको अल्पाइन रिजोर्टमा स्किइंग गर्दा दुर्घटनामा परेका थिए ।

अहिले उनको मस्तिष्कमा दबाव कम गर्न उनलाई ‘कोमा’ को अवस्थामा राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्राध्यापक ज्याँ फ्रेन्को पायेनका अनुसार उनको अवस्था नाजुक छ । उनको मस्तिष्कको अपरेशन समेत भइसकेको छ । न्यूरोसर्जनले उनको मस्तिष्कको दुई ठाउँमा जमेको रगत अहिले सफा भइसके पनि अवस्था भने नाजुक नै रहेको बताएका छन् ।

शूमाकर आफ्ना १४ वर्षीय छोरासँगै स्कीइंग गर्दा लडेर ढुंगामा ठोक्किन पुगेका थिए ।

गतबर्ष खेलबाट सन्यास लिएका शुमाकर आफ्नो १९ वर्ष लामो एफ–१ करिअरमा सात पटक विश्व च्याम्पियन बनेका छन् भने कुल ९१ रेस जितेका छन् ।

सन् १९९४ र १९९५ मा बेनेटनका लागि विश्व उपाधि जितेका उनले सन् २००० देखि लगातार पाँच पटक फरारीका लागि उपाधि जितेका थिए ।

एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>