खेलकुदमंगलबार, पौष १६, २०७०
नेपालले युएईलाई ४ विकेटले हरायो
युएईमा जारी एसीसी यु–१९ एसिया कपमा नेपालले सान्त्वना जीत हात पारेको छ । प्रतियोगितामा दुई खेलमा हार व्यहोरेको नेपालले १६ पुसमा भने युएईलाई ४ विकेटले हरायो । युएईले दिएको १६० रनको लक्ष्य नेपालले ३३ ओभरमै ६ विकेट गुमाएर भेट्टायो ।
नेपाललाई जिताउन असरफ सेखले ४८, राजु रिजालले २७, प्रकाश विष्टले २२ र सिद्धार्थ लोहनीले नटआउट १९ रनको योगदान गरे । टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४२.२ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो ।
नेपालका सुसन भारीले ४, ललित भण्डारीले ३, भुवन कार्कीले २ र रामनरेश गिरीले एक विकेट लिए । युएईलाई जिते पनि नेपाल प्रतियोगिताको अघिल्लो चरणमा पुग्न सकेन ।
प्रतियोगितामा नेपाल पाकिस्तानसँग १३२ रन र भारतसँग ९ विकेटले पराजित भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
