खेलकुदमंगलबार, पौष १६, २०७०
ए डिभिजन लिगमा एपीएफको जीत
सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ । राजधानीमा भएको खेलमा एपीएफले फ्रेन्डस् क्लबलाई हराएको छ ।
एपीएफका नबिन लामाले ६६ औं मिनेटमा गोल गरे । जीतसँगै एपीएफको खातामा ३ अंक चढेको छ ।
प्रतियोगितामा मन्छिद्र फुटबल क्लब र संकटा क्लबले भने बराबरी खेले । निर्धारित ९० मिनेटको खेलमा दुवै टीमले गोल गर्न सकेनन् र अंक बाडे ।
प्रतियोगिताअन्तर्गत १७ पुसमा नेपाल प्रहरी तथा हिमालयन शेर्पा र आरसीटी तथा सरस्वती युथ क्लबबीच खेल हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
