खेलकुदबुधबार, पौष १७, २०७०
ए डिभिजन लिगमा पुलिसको विजयी शुरुवात
सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल प्रहरीले विजयी शुरुवात गरेको छ । राजधानीमा १७ पुसमा भएको खेलमा प्रहरीले हिमालयन शेर्पालाई हरायो ।
पुलिसका भोला सिलवालले ५९ औं मिनेटमा गोल गरे । जीतसँगै पुलिसले पनि ३ अंक जोडेको छ ।
प्रतियोगितामा आरसीटी र सरस्वती युथ क्लबले भने बराबरी खेले । भीम दर्लामीले चौंथों मिनेटमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाए पनि सरस्वतीका रिअस हेनरीले ७६ औं मिनेटमा गोल फर्काए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
