Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
निगमलाई प्रति सिलिण्डर ११ सय घाटा - Himalkhabar.com

अर्थ/बजारबुधबार, पौष १७, २०७०

निगमलाई प्रति सिलिण्डर ११ सय घाटा

हिमालखबर

आयल निगमले ग्यास कारोबारमा व्यहोर्दैआएको घाटा बढेको छ । ईण्डियन आयल कर्पोरेशन (आईओसी)ले १७ पुसमा पठाएको नयाँ मूल्य अनुसार निगमको प्रति सिलिण्डर घाटा १ हजार १४३ रुपैंया १ पैसा पुगेको छ । अघिल्लो महीना ग्यासमा निगमको  प्रति सिलिण्डर घाटा ७५५रुपैंया ३८ पैसा थियो ।

दुई हजार ६१३ रुपैंया १ पैसा परल मूल्य पर्ने ग्यास कम मूल्यमै उपभोक्तालाई बेच्नु परेपछि निगमलाई घाटा हुने गरेको हो । उपभोक्तालाई १ हजार ४७० रुपैंयामा ग्यास बेच्ने गरिएको छ ।

आईओसीको नयाँ मूल्य अनुसार निगमलाई जनवरी महीनामा ग्यासमा मात्र १ अर्ब ६० करोड २ लाख रुपैंया खेप्नुपर्नेछ । अघिल्लो महीया यो घाटा १ अर्ब ८५ करोड ५८ लाख रुपैंया थियो ।

यस्तै, निगमले डिजेलमा पनि घाटाको कारोबार गरिरहेको छ । निगमलाई डिजेलमा ६४ करोड १३ लाख रुपैंया मासिक घाटा रहेको निगमले जनाएको छ । डिजेलमा प्रति लिटर ९ रुपैंया ८७ पैसा घाटा छ ।

तर, निगमलाई पेट्रोल, मट्टितेल, हवाई इन्धनमा भने नाफा छ । निगमलाई पेट्रोलमा प्रति लिटर ४ रुपैंया २७ पैसा, मट्टितेलमा ४ रुपैंया १६ पैसा नाफा रहेको निगमको भनाई छ । नयाँ मूल्य अनुसार निगमको मासिक घाटा १ अर्ब ८५ करोड ५८ लाख रुपैंया पुगेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>