Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हलुका सवारीका साधनको आयात बढ्यो - Himalkhabar.com

अर्थ/बजारबिहीबार, पौष १८, २०७०

हलुका सवारीका साधनको आयात बढ्यो

हिमालखबर

नेपालको मुख्य व्यापारिक नाका वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको साउनदेखि मंसीरसम्ममा वीरगन्ज भन्सारले ५ हजार ९५६ वटा हलुका सवारी साधान आयातबाट ५अर्ब ९६ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलित राजस्व आर्थिक वर्ष २०६९÷७० को तुलनामा एक अर्ब ६७ करोड ९३ लाखभन्दा बढी रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०६९÷७० को समीक्षा अवधिमा ३ हजार ६६७ वटा जिप, कार, भ्यान आयातबाट कार्यालयले रु ४ अर्ब २९ करोड ४ लाख राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालय प्रमुख रामहरि अर्यालले जानकारी दिए । हलुका सवारीसाधानमा भन्सारको राजस्व सङ्कलन बढे पनि ठूला सवारीसाधनका चेसिस र तयारी सवारीसाधनको आयात भने घटेको भन्सार प्रमुख अर्यालले बताए ।

गत आर्थिक वर्ष २०६९÷७० को पहिलो पाँच महिनामा १ हजार ४४७ वटा ट्रक–बसका चेसिस आयात भएकामा चालु वर्षको सोही अवधिमा १ हजार २०६ वटामात्र आयात भएका छन् । आयात घटेपछि राजस्वसमेत गत वर्षको तुलानामा ९ करोड ८७ लाख रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सवारीसाधनमा लगानी गर्न कडाइ गरेपछि त्यसको प्रभावले आयात घटेको व्यवसायीहरूको भनाइ छ । वाणिज्य बैंकहरूले सवारीसाधनमा ६० प्रतिशतसम्म लगानी गर्ने गरेकामा यस्ता कम्पनीहरूले वाणिज्य बैंकबाटै कर्जा लिएर चर्को ब्याजदरमा ९० प्रतिशतसम्म लगानी गर्दै आएका थिए ।

अनाधिकृत लगानीका कारण लगानीमा जोखिम बढेको भन्दै राष्ट्र बैंकले यस्तो लगानीमा प्रतिबन्ध लगाएको थियो ।

ट्रक, मिनीट्रक, डबल क्याब पिकअप गाडीको आयातसमेत झिनो परिमाणले वृद्धि भएको भन्सारले जनाएको छ । यो अवधिमा ६८० वटा ट्रक र मिनीट्रक भित्रिएका छन् । सोको आयातबाट २ अर्ब ७९ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

अघिल्लो वर्ष ५९४ वटा यस्ता साधन आयात भएका थिए । चालु वर्षको पहिलो पाँच महिनामा नै ९७९ वटा डबल क्याब पिकअप गाडी आयातबाट रु ३४ करोड ५६ लाख २१ हजार राजस्व उठेको छ । यो रकम अघिल्लो वर्षको भन्दा रु १२ करोड ५६ लाख न्यून हो ।

यो वर्ष मोटरसाइकलको आयात पनि घटेको छ । भन्सार प्रमुख अर्यालका अनुसार यो अवधिमा ५६ हजार ८५० थान मोटरसाइकल नेपाल भित्रिएका छन् ।

सो आयातबाट रु चार अर्ब २१ करोड ७६ लाख ५५ हजार राजस्व आम्दानी भएको छ । अघिल्लो वर्ष सो अवधिमा ५८ हजार १४८ मोटरसाइकल आयात भएका थिए । मोटरसाइकलको सङ्ख्या घटे पनि राजस्व भने रु ४४ करोड आठ लाखले वृद्धि भएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>