रमझमबिहीबार, पौष १८, २०७०

फुलटाइमर हुने धोको

हिमालखबर

वीरगन्ज माइस्थानका सन्जु अमात्य पेशाले मार्केटिङ म्यानेजर हुन्, जो सोखको लागि गाउँछन्। एक दशकअघि उद्गम नामक एकल अल्बम निकालेका उनी फेरि ७ गीत संग्रहित कुन फूल चढाऊँ लिएर श्रोतामाझ आएका छन्।

अढाइ दशकअघि राजधानीमा संगीत प्रवीण नरराज ढकालको चेला बनेका उनले अहिलेसम्म पाँच दर्जन गीत गाएका र त्यति नै संख्यामा संगीत सिर्जना गरेका छन्।

“फरक पेशाको कारण गीत–संगीतलाई सोखमा सीमित गर्नुपरेको छ”, अग्निज्वाला, प्राण भन्दा प्यारो, अल्झेछ क्यारे पछ्यौरी, साथी रे, अनाडी खेलाडी जस्ता चलचित्रमा समेत गाइसकेका सन्जु भन्छन्, “तर, संगीतमै फुलटाइमर हुने समयको पर्खाइमा छु।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>