खेलकुदबिहीबार, पौष १८, २०७०

लिगमा मनाङको अग्रता

हिमालखबर

मनाङले ए डिभिजन लिग फुटबलमा दोस्रो जित आत्मसाथ गरेको छ । राजधानीमा १८ पुसमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई तीन–शुन्य गोलले हराउँदै मनाङले लिगमा अग्रता लिएको हो । मनाङको ६ अंक भएको छ ।

लिगमा दोस्रो खेल जिताउने क्रममा मनाङका दीपक राईले दुई गोल गरे । उनले ४१ र ६६ औं मिनेटमा गोल गरे । योना इलियासले पनि ६५ औं मिनेटमा मनाङका लागि बललाई जाली चुमाए ।

प्रतियोगितामा थ्री स्टार क्लबले विजयी शुरुवात गरेको छ । ब्वाइज युनियन क्लबलाई तीन–एक गोलले हराउने क्रममा थ्री स्टारले एनसेल कपमा व्यहारेको हारको बदला लियो ।

थ्री स्टारका सन्तोष साहुखलले ४५, विजय गुरुङले ५८ र जगजित श्रेष्ठले ८४ औं मिनेटमा गोल गरे । ब्वाइज युनियनका कमल श्रेष्ठले ८७ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>