अर्थ/बजारशुक्रबार, पौष १९, २०७०

क्यान इन्फोटेकमा के–के छ (दश तस्वीर)

हिमालखबर

मोबाइल, ल्यापटप, ट्याब्लेट, फ्याब्लेट, मोबाइल एक्सेसरिज, ल्यापटप एक्सेसरिज लगायतका स्टलले क्यान इन्फोटेक भरिभराउ छ । १८ पुसमा शुरु भएको सूचना–प्रविधि मेलामा हार्डवेयर, बिक्री तथा मर्मत, पावर सलुसन, डिलर तथा वितरक, इन्टरनेट सेवा प्रदायक कम्पनी, टेलिकम कम्पनी, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर तथा पेमेन्ट सलुसन कम्पनी लगायतको सहभागिता छ । २२१ वटा स्टलमध्ये केही स्टलमा उपभोक्ताको ध्यान खिच्ने सूचना–प्रविधि सामग्री राखिएका छन् ।

सूचना–प्रविधि मेलामा हलुका–वाटरप्रुफ डिजिटल क्यामेराले सर्वसाधारणलाई लोभ्याएको छ । पेन्टाक्स कम्पनीको डिजिटल क्यामेरामा लेन्स जोड्न मिल्ने र नमिल्ने किसिमका क्यामेरा प्रदर्शनमा राखिएको छ । सात हजारदेखि एक लाख बीस हजार रुपैंयासम्म पर्ने पेन्टाक्सका क्यामेरामा सर्वसाधारणको घुइँचो छ । डब्लूजी सिरिज, एमएक्स, सीएक्स नामका ती क्यामेरा वाटरप्रुफ छन् । डब्लूजी सिरिजका क्यामेरा पानीभित्र पनि खिच्न मिल्ने छन् ।

इन्फोटेकमा स्वास्थ्य सम्बन्धी डिजिटल सामग्रीको स्टलहरुले पनि सर्वसाधारणको ध्यान खिचिरहेको छ । रक्तचाप मापन, डिजिटल थर्मोमिटर, मधुमेह मापन, शरीरको तौल नियन्त्रण गर्ने उपकरणमा पनि घुइँचो देखिन्छ । ‘स्कूल इन बक्स’को स्टलमा पनि सर्वसाधारणको चासो देखिन्छ । एउटै यूपीएसमा आधारित भई धेरै वटा मोनिटर चलाउन सकिने सफ्टवेयर भएकाले ‘स्कूल इन बक्स’को स्टलमा आएर सोधिखोजी गर्नेहरु धेरै देखिन्छन् ।

नेपालमै बनाइएको एसियन ब्याट्रीमा पनि झुम्मिनेको संख्या उल्लेख्य छ । विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमै एसियन ब्याट्री बनाइने गरिन्छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले केही छुटमा सेवा प्रदान गर्ने भएकाले इन्फोटेकमा पुग्ने सर्वसाधारण पनि छन् । त्यस्ता कम्पनीका स्टलमा पनि झुम्मिने सर्वसाधारण धेरै छन् । मोबाइल, ल्यापटप, ट्याब्लेट, फ्याब्लेट, मोबाइल एक्सेसरिज, ल्यापटप एक्सेसरिजका स्टलमा पाइला राख्न मुश्किल छ ।

२३ पुससम्म चल्ने ‘सुबिसु क्यान इन्फोटेक २०१४’ को दोस्रो दिन ४५ हजार १९८ जनाले अवलोकन गरेका छन् । पहिलो दिन १८ पुसमा ४९ हजार १२३ जना मेलामा पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>