खेलकुदशनिबार, पौष २०, २०७०
रेखा रावलको नयाँ किर्तिमान
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत जारी महिला राष्ट्रिय क्रिकेटमा क्षेत्र नं. ६ वैतडीकी खेलाडी रेखा रावलले क्षेत्र नं. ७ नेपालगञ्जकी खेलाडी नेरी थापाले एक दिनअघि बनाएको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएकी छन् ।
नेरीले नेपालगञ्जको तर्फबाट १९ पुसमा काठमाडौंविरुद्ध नटआउट १ सय २१ रन बनाउँदै नयाँ किर्तिमान कायम गरेकी थिइन् तर, त्यसको भोलीपल्ट २० पुसमा पोखराविरुद्ध बैतडीको तर्फबाट ओपनर रहेकी रेखाले ९८ बलमा १९ चौकाको मद्दतमा नटआउट १ सय ३१ रन बनाइन् । ३० बलमा अर्धशतक पूरा गरेकी उनले ७४ बलमा शतक बनाएकी थिइन् ।
बैतडीकी अंजली चन्दले पनि शतक प्रहार गरेकी छिन् । उनले ९५ बलमा १५ चौका हान्दै अविजित १ सय ११ रन बनाइन् ।
पुल्चोकमा पहिलो व्याटिङ गरेको बैतडीले निर्धारित ४० ओभरमा १ विकेटको क्षतिमा ३ सय ६२ रन बनायो ।
जवाफमा मैदान उत्रिएको पोखरा ३१।२ ओभरमा १ सय ३३ रन जोड्दा अलआउट भयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
