अन्तर्वार्ता/विचारआइतबार, पौष २१, २०७०
‘रु.११ अर्ब कर छलेको पाइयो’
अहिलेसम्ममा रु.११ अर्बभन्दा बढी राजस्व छली भएको पाइनुले के संकेत गर्छ ?
पहिलो चरणमा ५१८ फर्मको अनुसन्धान गर्दा करीब रु.७ अर्ब राजस्व छलेको पाइयो भने दोस्रो चरणमा ४९५ फर्ममध्ये ३७७ को अनुसन्धान सकिंदा रु.४ अर्बभन्दा बढी कर छलेको पाइयो । तेस्रो चरणमा १ हजार ५३३ मध्ये २६० फर्मको अनुसन्धान गर्दा थप रु.३५ करोड कर छलेको भेटियो ।
अनुसन्धानको दायरामा ल्याइएका सबै फर्म दोषी नै देखिएका हुन् ?
अनुसन्धान गरिएका सबै फर्मले कुनै न कुनै रूपले कर छलेको पाइयो । सबैले नक्कली भ्याट बिल नबनाए पनि आयकर वा अरू वित्तीय विवरण झूटो बनाएका थिए ।
यसले हाम्रो कर प्रणालीको कमजोरी देखाउँदैन र ?
हाम्रो कर प्रणालीका केही त्रुटि भए पनि वैज्ञानिक छ । हाम्रा कर सम्बन्धी नियम र कानूनले पहिलो चरणको कर अधिकृतको अधिकार करदातालाई दिएको छ । उनीहरुले व्यवसायको लेखा परीक्षण गराई स्वयं कर निर्धारण गर्न पाउँछन् । आधुनिक कर प्रणालीले अपेक्षा गरे अनुरूपको नैतिकता र इमान्दारी निजी क्षेत्रले नदेखाएको मात्र हो ।
त्यसो भए सरकारले गरेको विश्वासलाई निजी क्षेत्रले दुरुपयोग गरेको हो ?
हो । निजी क्षेत्रले स्वयंकर प्रणालीप्रति विश्वासघात गरेको छ । तर, निजी क्षेत्रप्रति राज्यको विश्वास टुट्यो भन्ने होइन ।
विभागले सुधारका उपाय अवलम्बन गर्दैन ?
स्वयंकर निर्धारण प्रणालीको सबैभन्दा सुन्दर पक्ष भनेको व्यवसायी आफैंले आफ्नो आम्दानीको विवरण देखाएर राज्यलाई कर तिर्न पाउनु हो । नियमित रूपले कर तिर्ने हो भने नाफाका आधारमा पाइन्छ भने कर छल्दा कारोबारकै ८० प्रतिशत तिर्नुपर्छ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
