Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सीएबाट सफलता - Himalkhabar.com

व्यक्तित्वआइतबार, पौष २१, २०७०

सीएबाट सफलता

हिमालखबर

कलेज अध्ययन गर्न वीरगंजमा डेरा लिएर बस्दा एफएम रेडियो नभएर पल्लो कोठा गएर सुन्ने परिस्थितिमा रहेका महोत्तरीको गौशाला—२ का संजयकुमार साह (२८) को प्रगति अहिले लोभलाग्दो छ । दुई जोर लगाउने कपडा लिएर २०५८ मा वीरगञ्ज पढ्न आएका उनीसँग त्यो वेला साइकल किन्ने हैसियत थिएन भने अहिले उनले बहिनीलाई विवाहमा कार उपहार दिएका छन् । पढाइमा अब्बल रहेका उनको प्रगति मिहिनेत गरेर चार्टर एकाउन्टेन्ट (सीए) बन्न सक्दा सम्भव भएको हो ।

संजय अहिले भारतको सबैभन्दा ठूलो रियलस्टेट कम्पनी डीएलएफ लिमिटेडको साइवर सिटी गुडगाँवमा फाइनान्स एण्ड एकाउन्ट म्यानेजर छन्, मासिक भारु अढाइ लाख तलब पाउने गरी । राम्रो कमाउन थालेपछि उनले दुई वर्षअघि नयाँदिल्लीको उत्तमनगरमा भारु ३० लाखमा घर पनि किनेका छन् ।

मिहिनेतको फल

२०५८ मा एसएलसी उत्तीर्ण गरेपछि संजयलाई गाउँमै सानोतिनो व्यवसाय गरेर बुबा रामप्रितलाई सघाउन आफन्तले सल्लाह दिएका थिए । उनको घरको आर्थिक स्थिति पढाउन सक्ने नहुनु उनले त्यस्तो सल्लाह पाउनुको कारण थियो । तर, उनको पढाइ र एसएलसीको नतीजा देखेर विद्यालयका शिक्षक दुर्गाप्रसाद सिंहले वीरगञ्जमा आफ्नो लगानी रहेको ज्ञान–विज्ञान कलेज (उच्चमावि) मा पढ्न लगे । ट्यूसन पढाएर खर्च जुटाएका उनले ११ कक्षाको परीक्षामा देशभरिमा तेस्रो र १२ कक्षाको परीक्षामा राम्रो नतीजा ल्याए । उच्चमावि उत्तीर्ण गरेपछि सीए पढ्ने उनको चाहनामा घरको आर्थिक अवस्था नै पुनः बाधक बन्यो ।

तर, सीए पढेरै छाड्ने उनको अठोटको सामु घरको कमजोर आर्थिक अवस्था धेरै समय बाधा बन्न सकेन । गाउँले र आफन्तसँग केही ऋण लिएर दिल्ली पुगेपछि भने उनको अनुकूलता शुरू हुन थाल्यो । आफूसँगै पढ्ने साथीहरूलाई ट्यूसन पढाउँदै पढेर उनले सीए पहिलो वर्षको परीक्षामा भारतभरमा तेस्रो स्थान ल्याए । त्यो नतीजाले कलेजमा उनलाई चिनायो भने आत्मविश्वास पनि बढायो ।

पाँचवर्षे सीए पनि उनले भारतमा ३७ औं स्थान ल्याएर उत्तीर्ण गरे । र, ‘लान्को इन्फ्राटेक लिमिटेड’ को जागिरमा छानिए । अहिले उनले सीए पढ्न दिल्ली पुगेकी बहिनी संगीताको नाममा ‘संगीता साह एसोसियट्स’ नामको फर्म पनि खोलेका छन् । बहिनीले पनि सीए उत्तीर्ण गरिसकेकी छिन् भने भाइ पनि सीए नै पढ्दैछन् ।

सीए पढ्नेका लागि वीरगंज र काठमाडौंमा सीए इन्ष्टिच्यूट खोल्ने योजनामा रहेका संजय भन्छन्, “मैले जानेको ज्ञान नेपाली विद्यार्थीलाई बाँडेर सहयोग गर्ने इच्छा छ ।”

बिम्मी शर्मा, वीरगञ्ज

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>