खेलकुदआइतबार, पौष २१, २०७०
थ्रीस्टारका ‘स्टार’ चलेनन्
आधा दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी सम्मिलित थ्रीस्टारले आफ्नो दोस्रो खेलमा हार व्यहोरेको छ । राजधानीमा २१ पुसमा जावलाखेल युथ क्लबसँग थ्रीस्टार दुई–शुन्य गोलले स्तब्ध भयो ।
जावलाखेल सामु सन्तोष साहुखल, जगजित श्रेष्ठ, सन्दिप राई, विराज महर्जन, किरण चेम्जोङ लगायतका राष्ट्रिय टीमका अनुभवी खेलाडीहरुको कुनै जोर चल्न सकेन । मध्यान्तरअघि जावलाखेललाई गोलरहित बराबरीमा रोक्न सफल थ्रीस्टार दुई–शुन्य गोल अन्तरमा खेल टुंग्याउन बाध्य भयो ।
जावलाखेलका सुवास गुरुङले ५७ औं र राम थापाले ८७ औं मिनेटमा गोल गरे । लिगमा आफ्नो पहिलो खेलमा जावलाखेल आर्मीसँग पराजित भएको थियो । तर, थ्रीस्टारले भने ब्वाइज युनियन क्लबलाई हराएको थियो ।
हारका बावजुद लिगमा थ्रीस्टारको अंक तीन छ भने जावलाखेलको पनि अंक तीन पुगेको छ ।
यस्तै, प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ब्वाइज युनियन क्लबलाई दुई–शुन्य गोलले हराएको छ । एपीएफका जाङ्बु शेर्पाले ४० र नबिन लामाले ७० औं मिनेटमा गोल गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
