थप समाचारआइतबार, पौष २१, २०७०
हात्ती महोत्सवको मजा (दश तस्वीर)
११–१५ पुसमा सौराहामा आयोजित १० औं चितवन हात्ती महोत्सव कुनै फिल्म महोत्सवभन्दा कम रहेन । चितवन होटल संघले सन् २००४ बाट आयोजना गर्न थालेको हात्ती महोत्सवमा हरेक वर्ष हात्ती दौड, हात्ती फूटबल र हात्ती सुन्दरी प्रतियोगिता लगायतका रोचक कार्यक्रम हुने गरेको छ । यस्तो रमाइलोको अवसर पारेर हजारौं स्वदेशी–विदेशी पर्यटक चितवन आउने गर्दछन् ।
सौराहाको बाघमारा संरक्षित क्षेत्रको मैदानमा आयोजित यस वर्षको हात्ती दौड प्रतियोगिताको उपाधि चितवन राष्ट्रिय निकुञ्जकै बहादुर गजले जित्यो । यसैगरी, फूटबल स्पर्धामा लाइन्स क्लब इन्टरन्याशनलको टीम विजेता भयो भने लक्ष्मीकली हात्ती सुन्दरी घोषित भई । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण, स्थानीय कला–संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन महोत्सव गरिएको महोत्सवका मिडिया संयोजक केशव पाण्डेले बताए ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
