खेलकुदसोमबार, पौष २२, २०७०

मनाङ र आर्मी पराजित

हिमालखबर

ए डिभिजन लिग उपाधिको दाबेदार मनाङ पराजित भएको छ । राजधानीमा २२ पुसमा आफ्नो तेस्रो खेलमा मनाङ पराजित भएको हो । हिमालयन शेर्पा क्लबले मनाङलाई दुई–एक गोलले हरायो ।

हिमालयन शेर्पालाई जिताउन सेगुन अकिनाडेले दुई गोल गरे । उनले २१ र ६५ औं मिनेटमा मनाङ विरुद्ध गोल गरे । मनाङका सुलभ मास्केले ८९ औं मिनेटमा गोल गरे ।

प्रतियोगितामा नेपाल आर्मी पनि पराजित भएको छ । २२ पुसको दोस्रो खेलमा आर्मीलाई सरस्वती युथ क्लबले एक-शुन्य गोलले हरायो ।  सरस्वतीलाई जिताउन सेम रिअसले ६१ औं मिनेटमा गोल गरे ।

डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लब २१ पुसमा जावलाखेल युथ क्लबसँग पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>