थप समाचारसोमबार, पौष २२, २०७०
विद्युत् चोरी गर्ने ४५ जना पक्राउ
विद्युत् चुहावट नियन्त्रण अभियान शुरु गरेको कार्यालयले एक साताको अवधिमा सप्तरीका विभिन्न ठाउँबाट ४५ जनालाई पक्राउ गरेर जरिवाना तिराएको हो । उनीहरुबाट १ लाख ३५ हजार रुपैंया नगद जरिवाना असुल गरेको कार्यालयले जनाएको छ ।
राजविराज शाखाले सप्तरीको नकटी रायपुर, कटैया, झुटकी, रामपुर जमुवा, मलहनवा, बेल्ही, पोर्ताहालगायतका गाविसबाट हुकिङ गरी विद्युत् चोरी गर्नेहरुलाई पक्राउ गरेको थियो ।
अभियानका क्रममा उनीहरुको साथबाट मोटर ८ थान, मिटर २ थान, ट्युबेल २ थान, एलसिडी एक थान, कोदालो एक थान र साइकल एक थान बरामद गरेको शाखा प्रमुख शम्भु कुसियैतले बताए ।
रासस
